२०८२ असार १७ गते, मंगलवार १५:१८

काठमाडौं-

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले मध्यर्तीको सीमानाका बारेमा कानूनमा व्यवस्था भए बमोजिम पुनः सीमाङ्कनको जरुरी रहेको बताउनु भयो ।

उहाँले निजी आवादीको क्षेत्र, बसोवास भएका क्षेत्रहरु मध्यवर्तीमा नपर्ने बताउनु भयो । बस्ती, आवादी, निजी जमिनलाई मध्यवर्तीको सीमानाभित्र राख्नेकुरालाइ हटाउनुपर्ने उहाँको माग गछ । बैठकमा नेपाली काँग्रेसका सांसद जीवन परियारले मध्यवर्ती क्षेत्रका मानिसहरु कसरी सहज रुपमा बाँच्न सक्छन् भन्नेकुरामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले वैकल्पिक व्यवस्था दिने वा मध्यवर्ती क्षेत्रमा बसेका जनताको समस्या कसरी सहज बनाउने भन्नेबारेमा गम्भीर भएर कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस