वीरगन्ज –
अभिभावक संघ नेपाल, केन्द्रीय समितिले पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहमाथि निजी विद्यालय संचालकहरूले लगाएको झुटा मुद्दा तत्काल फिर्ता लिन चेतावनी दिएको छ। संघले यस्तो नगरे अप्रिय निर्णय लिन बाध्य हुने बताएको छ।
संघले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहले अभिभावकको हितका लागि निजी विद्यालयको ज्यादतीविरुद्ध आवाज उठाउँदा उनीमाथि झुटा आरोप लगाएर मुद्दा दायर गरिएको उल्लेख छ। अभिभावक संघ नेपालले यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

“अभिभावक संघ नेपाल आम अभिभावकको वर्गीय हकहित र समग्र शैक्षिक सुधारको निमित्त बहस पैरवी गर्ने, उपयुक्त शैक्षिक नीति तर्जुमा गर्न पहल गर्ने साथै शिक्षा क्षेत्रका विकृति विसंगति अन्त्य गर्न नैतिक दवाव श्रृजना गर्न गठित संस्था हो,” विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहले अभिभावकको हितका लागि काम गर्दा उहाँमाथि झुटा मुद्दा लगाइएको छ, यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।”
संघले तत्काल मुद्दा फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ। अन्यथा, अभिभावक संघ नेपाल त्यस्ता क्रियाकलापका विरुद्ध बाध्य भएर अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी दिएको छ।
अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा यस घटनाले अभिभावकको हकहितका लागि काम गर्नेहरूलाई निरुत्साहित पार्ने प्रयास भएको उल्लेख छ।
“हामी अभिभावकको हकहितका लागि सधैं आवाज उठाइरहने छौं, कसैको दबाब र धम्कीबाट हामी पछि हट्ने छैनौं,” पुरीले भने।
यस घटनाले नेपालको शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई उजागर गरेको छ। अभिभावक संघ नेपालले यस घटनालाई गम्भीरतापूर्वक लिएको र यसको समाधानका लागि पहल गर्ने जनाएको छ।
अध्यक्ष सन्दिप शाहमाथि गौतम स्कुलका संचालक सोनम लामाले साईबर मुदा दिएका छन्