२०८२ असार १७ गते, मंगलवार ००:३८

पर्सा –

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको २० मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षाको पहिलो दिन नै प्रश्नपत्र आउट भएपछि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ ।

स्रोतका अनुसार, केन्द्राध्यक्ष र प्रहरी प्रशासनको मिलेमतोमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको हो। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको हो भन्ने बारेमा भने अझैसम्म खुल्न सकेको छैन ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएको बताएका छन् । उनले भने, “पातसमेत हल्लिन दिएको छैन, प्रश्नपत्र कसरी बाहिरिएको हो, त्यसबारे अनुसन्धान हुँदैछ।”

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने सामानमा प्रतिबन्ध लगाइएको थियो। तर, प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरूकै मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

त्यसतै जाजरकोटको शिवालयमा रहेको एक विद्यालयबाट अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।

परीक्षा सुरु भएको एक घण्टा नहुँदै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटएप मार्फत ग्रुप बनाएर आउट गरिएको ग्रुपमा जोडिएका एक व्यक्तिले बताए ।

उनका अनुसार प्रश्न पत्र शिवालय–७ को वीरेन्द्र मावि जुँगाथापाचौर माविबाट बाहिरिएको हो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरिएको कुरा गलत भएको बताए । तर ग्रुपमा आएको प्रश्न पत्रको फोटा स्रोतले प्रशासनलाई उपलब्ध गराएको छ ।

केन्द्राध्यक्ष खत्रीले परीक्षा केन्द्रमा आफुले निकै कडाइ गरेको बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस