२०८२ असार १७ गते, मंगलवार ०६:४०

गोरखापत्र अनलाइन/पोखरा- 

कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फस्यौटको जिम्मा सम्हाल्नुभएका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले जानकारी दिएका छन् ।

“तपाईंविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भने, “एक लाख माग गरेको भन्ने छ। उहाँको साथमा २५ हजार भेटिएको छ।”

अख्तियारले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस