२०८३ बैशाख २ गते, बुधबार ०५:४३

वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

जाहेरीमा नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद् व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दीपेश क्षेत्री, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं कान्तिपुर मिडिया ग्रुपका पत्रकार भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताको नाम उल्लेख छ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको पुष्टि गर्दै”हामीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिसकेका छौं। दोषीमाथि कानुनी कारबाही हुन्छ,” एसपी मिश्रले भने।

घटना गत फागुन २९ गते होलीको दिन वीरगन्जको पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसमा भएको थियो।

यस घटना लाई लिएर अहिले वीरगन्जको जमात २ खेमामा बाडिएको देखिएको छ । केहि युवा तथा स्थानियहरु समााजिक संजालमा राणाको पक्षमा लेख्दैछन् भने केहिले वडाध्यक्ष आशुतोष चतुर्वेदीको पक्षमा

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस