२०८३ आश्विन १७ गते, शनिबार २०:४४

मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा बिरोध प्रदर्शन

जनकपुर-

मधेस प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सिनियर अहेब तथा अनमी संघर्ष समिति का संयोजक मोहन साहकाअनुसार स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित तह मिलानको सामान्य सिद्धान्तलाई मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाइएको हो । स्थानीय सेवा ऐन, २०८१ अनुसार तह मिलान र स्तरवृद्धिको व्यवस्था गरिएको भए पनि संघीय र प्रदेशस्तरीय निकायहरूले स्पष्ट निर्देशन नदिँदा अन्योलता बढेको उनीहरूको गुनासो छ । अन्य छ वटै प्रदेशमा नभएको विभेदकारी व्यवस्था लागू गरिएको भन्दै बिरोध गरिएको छ ।

संघीय स्वास्थ्य सेवा ऐन, २०५३ को मर्मविपरीत ल्याइएको यो प्रावधान स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउने भन्दै संशोधन प्रश्ताव तत्काल फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । मधेस प्रदेशका १३६ वटै पालिकामा कार्यरत अहेब तथा अनमीहरू आफ्नो माग पूरा गराउन दबाब दिन मुख्यमन्त्री, प्रदेशसभा सभामुख तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस