२०८३ बैशाख २ गते, बुधबार ०६:१३

संघीय विद्यार्थी ऋण साना व्यवसाय प्रशासनले व्यवस्थापन गर्ने ट्रम्पको घोषणा

काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार साना व्यवसाय प्रशासनले शिक्षा विभागको सट्टा विद्यार्थी ऋण व्यवस्थापन गर्ने जिम्मा लिने बताउनुभएको छ । जसलाई उहाँले खारेज गर्ने लक्ष्य राख्नुभएको छ । एसबीएले संघीय कार्यबल घटाउने ट्रम्प प्रशासनको व्यापक पहलको भागको रूपमा आफ्नो लगभग ६ हजार ५ सय कर्मचारीहरूमध्ये ४० प्रतिशत भन्दा बढी कटौती गर्दैछ ।

राष्ट्रपतिको टिप्पणी शिक्षा विभागलाई खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा शुरु गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक दिनपछि आएको हो । उहाँले आफ्नो प्रशासनले शिक्षालाई राज्यहरूमा फिर्ता फर्काइरहेको बताउनु भयो

जुन २०२४ सम्ममा अमेरिकीहरूले विद्यार्थी ऋणमा लगभग १.६ ट्रिलियन अमेरिकी डलर ऋण लिएका थिए । प्यू रिसर्च सेन्टरको विश्लेषणअनुसार एक दशकअघि उनीहरूले तिर्नुपर्ने भन्दा ४२ प्रतिशत बढी हो ।

उदाहरणका लागि कम्तिमा चार वर्षको कलेज डिग्री भएका ४० वर्ष मुनिका वयस्कहरूमध्ये ३६ प्रतिशतले विद्यार्थी ऋण तिर्न बाँकी रहेको विश्लेषणले देखाएको छ । शिक्षा विभागलाई ध्वस्त पार्ने ट्रम्पको प्रयासले डेमोक्र्याटहरूबाट आलोचना भएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस