२०८२ श्रावण ३१ गते, शनिबार १८:२२

काठमाडौं –

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताउनुभएको छ ।

जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)  र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरु पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गर्नुभयो ।

उहाँले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गर्नुभयो । संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस