काठमाडौं –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरु उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको बताउनु भयो । उहाँले यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गर्नुभयो ।

उहाँले अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न सकिने बताउनु भयो । उहाँले चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताउनु भयो । मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके चलचित्र क्षेत्रको भविष्य उज्वल रहेको बताउनु भयो ।