२०८२ असार १७ गते, मंगलवार ००:४३

वीरगन्ज-

वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अनेरास्ववियुकी आर्जु राय १०३ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । सचिवमा नेविसंघ विजयी भएको छ । नेविसंघकी मन्दिरा चिमौरियाले एकसय चारमत ल्याउनु भएको छ ।

त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुकी आशिका पौडेल १५ मत ल्याएर विजयी हुनुभएको छ । सदस्यहरुमा ६ जना अनेरास्ववियु र एकजना नेविसंघबाट विजयी भएका छन् । चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति मतगणना शुरु गरेपनि धाँधली भएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति मतगणना शुरु गरेपनि धाँधली भएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध जनाएपछि मतगणना रोकिएको थियो । मतगणनामा बदर मत अनेरास्ववियुको पक्षमा गणना गरेको आरोप लगाउँदै नेविसंघ र अखिल क्रान्तिकारीले मतगणना पुनः गर्नुपर्ने माग गरेका थिए ।

त्यसपछि सबै संगठनका माउ पार्टीका नेताहरु, निर्वाचन समिति, क्याम्पस प्रशासन र जिल्ला स्थित सुरक्षा निकायहरुको समन्वयमा त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार पुनःमतगणना हुने व्यावस्था भए÷नभएको बारेमा छलफल गरेर मतगणना गर्ने सहमति पछि स्थगित गरिएको थियो । त्यहि स्थगित मतगणना आज दिउँसो एकबजेबाट शुरु भएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस