२०८३ बैशाख २ गते, बुधबार ०१:०८

बाराको परवानीपुरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न, १०१ जनाले गरे रक्तदान

बारा-

नयाँ वर्ष २०८२ को अवसर पारेर परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन बहुअरीमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सञ्जु साहको आयोजना र स्वच्छ समाज युवा क्लबको सहयोगमा शिव पार्वती तथा श्रीरामजानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए। जसमा २१ जना महिला थिए।

कार्यक्रममा सन्दिप यादव, पुनम यादव, रोशिता यादव, ज्ञान्ती देवी पटेल, आनन्द पटेल, अखिल पटेल, भुपेन्द्र पटेल, उमेश साह, कृष्णा साह, रामप्रवेश गुप्ता, आशा देवी राम, अनिल कुमार, रञ्जन साह, सर्वेश कुमार, रत्कुमार सिंह, रामजी, सन्दिप यादव, उपेन्द्र कुमार भिखारी साह कानु, रबुप्रसाद कानु, रोशन, रामबिनय मण्डल, विकासलगायत स्थानीय युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

वरिष्ठ परामर्शदाता रेडियोलोजिस्ट तथा समाजसेवी डा. शिवशंकर यादवले कार्यक्रमको उद्घाटन गर्दै रगतको पोका रक्तदातालाई हस्तान्तरण गरेका थिए। उनले सञ्जु साहको समाजप्रतिको जिम्मेवारीको प्रशंसा गर्दै यस्ता कार्यक्रमले रगतको अभाव कम गर्न सहयोग पुग्ने बताए।

नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंहले सञ्जु साह र स्वच्छ समाज युवा क्लबको प्रशंसा गर्दै यस्ता कार्यक्रमले युवाहरूलाई प्रेरणा मिल्ने बताए।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष बृज किशोर पटेलले पर्सा, बारा, रौतहटमा रगतको माग बढ्दै गएको बताए। उनले यस वर्ष २० हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गभिरा पटेल, वडा नं. ४ का वडा सदस्य राजदेव पटेल, वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर साह कलवार, वडा सदस्य दारा सिंह पटेल, समाजसेवी अर्जुन पटेल, जितेन्द्र वर्मा, डा. अजय यादव, रमेश सिंह, तेजप्रताप सिंह, युवा नेता विवेक गुप्ता, डा. प्रमोद यादव लगायतले शुभकामना दिएका थिए।

जनता समाजवादी पार्टीका युवा नेता अजय पटेलले रक्तदान गर्ने संघ-संस्थालाई निःशुल्क रियल जुस उपलब्ध गराउने घोषणा गरे। वडा नं. ५ बहुअरीका वडा अध्यक्ष रामेश्वर साह कलवारले आगामी वर्ष वडा कार्यालयबाट एक लाख सहयोग गर्ने घोषणा गरे।

कार्यक्रममा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको अध्यक्षता सञ्जु साहले गरेका थिए भने सञ्चालन आनन्द पटेलले गरेका थिए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस