२०८३ आश्विन १७ गते, शनिबार २०:४५

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं-

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी प्रदेशमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ। कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सभावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस