२०८२ पुष २८ गते, सोमबार ००:४७

वीरगन्जको त्रिभुवन राजपथको सीमाङ्कन गर्न सडक डिभिजन हेटौंडाको नापी कार्यालयलाई पत्र

वीरगन्ज-

सडक डिभिजन हेटौंडाले वीरगन्जको त्रिभुवन राजपथको सीमाङ्कन गर्न नापी कार्यालय वीरगन्जलाई पत्र पठाएको छ। गण्डकचोक पावर हाउस चोक घण्टाघर – बीर्ता – रजत जयन्ती चोक- मितेरी पुल सम्मको सडक सीमा (२५/२५ मि.) को क्षेत्र सीमाङ्कन गर्नुपर्ने भएकोले सडक डिभिजनले नापी कार्यालयलाई पत्र पठाएको हो।

सडक डिभिजन हेटौंडाले मिति २०८१/११/५ गते वीरगन्ज महानगरपालिकाको कार्यालयमा भएको निर्णय संलग्न राखी निर्णयमा उल्लेख भए बमोजिम सडक सीमाङ्कन गरी सडक सम्पत्ति संरक्षण गर्ने कार्यमा सहयोग पुर्याइदिन अनुरोध गरेको छ।

सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्रमा सडक विभाग बबरमहल, सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगन्ज महानगरपालिका कार्यालय, वीरगन्ज पथलैया सडक योजना पथलैया र ई. रंजित साह सडक डिभिजन हेटौंडालाई बोधार्थ दिइएको छ।

सडक डिभिजन हेटौंडाले सडक सीमाङ्कनको कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई समन्वय र सहयोग गर्न अनुरोध गरेको छ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस