२०८३ आश्विन १७ गते, शनिबार २२:५०

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

काठमाडौं-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशसान प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गर्नुभयो ।

उहाँले सरकारले कति वटा ऐन संशोधन गर्यो भन्दापनि कानूनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गर्नुभयो ।

विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रश्ताव गरेको छ ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस