२०८३ बैशाख २ गते, बुधबार ०४:२७

पर्सामा एसईई परीक्षामा अनियमितता, केन्द्राध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा 

वीरगन्ज-

माध्यमिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिको टोलीले अनुगमनका क्रममा वीरगन्जको सुर्जीदेवी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षाको मर्यादाविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो।

अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले परीक्षाको मर्यादाविपरीत काम गरेको फेला पारेपछि केन्द्राध्यक्ष नन्दकिशोर रामसहित एक सहायक केन्द्राध्यक्ष, एक निरीक्षक र दुई कर्मचारीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

उनका अनुसार, पाँचै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। उक्त परीक्षा केन्द्रमा परीक्षाको मर्यादाविपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टोली नै परिवर्तन गर्ने तयारीसमेत गरेको प्रजिअ अर्यालले बताए।

यसअघि परीक्षाको पहिलो र दोस्रो दिन पनि पर्सामा परीक्षामा मर्यादाविपरीत काम गरेको भन्दै एक केन्द्राध्यक्ष र ३ जना निरीक्षक कारबाहीमा परेका थिए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस