२०८२ असार १७ गते, मंगलवार १२:५९

काठमाडौं-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायँबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताउनुभएको छ ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताउनु भयो ।

उहाँले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताउनु भयो । नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजायँ घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उहाँको भनाइ छ ।

उहाँले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफलमा भए कुनै निर्णयमा नपुगेको बताउनु भयो ।मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताउनु भयो । कैदीबन्दीलाई खुला हिरासतमा राख्ने विषयमा पनि विधेयकमा व्यवस्था गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस