२०८३ बैशाख २ गते, बुधबार ०४:२८

थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले थुनुवा तथा कैदीबन्दीहरुमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सररकारले नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बतानु भयो । उहाँले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताउनु भयो । देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखकले विवाहसम्बन्धी उमेर संशोधनका लागि विधेयक तयार भएको बताउनु भयो । उहाँले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट ल इण्ट्रड्युक्स गर्नेबारे छलफल भइरहेको बताउनु भयो । ‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भयो भने प्रेम सम्बन्धका रुपमा व्याख्या गरी विभिन्न देशमा अभ्यास पनि भइरहेको उहाँको भनाइ छ ।

गृहमन्त्री लेखले समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस