२०८३ आश्विन १७ गते, शनिबार २२:०६

पर्सामा वडाध्यक्षमाथि कुटपिट घटना, सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज-

पर्साको वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटनामा जिल्ला अदालत पर्साले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रका अनुसार, अदालतले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। अब प्रहरीले कानुनी प्रक्रिया अघि बढाउनेछ।

वडाध्यक्ष चतुर्वेदीले आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। शुक्रबार जाहेरी दर्तापछि प्रहरीले आइतबार अदालतसँग पक्राउ अनुमति मागेको थियो। सोही अनुसार अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी हुनेहरूमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगन्ज–११ घर भएका कान्तिपुरका पत्रकार तथा पत्रकार महासघ पर्साका उपाध्यक्ष  ४२ वर्षीय भुषण यादव, वीरगन्ज–३२ का भुसाल चौरसिया, वीरगन्ज–६ का ३७ वर्षीय विक्की गुप्ता र वीरगन्ज–१० का लखनलाल गुप्ता छन्।

पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस