२०८२ असार १७ गते, मंगलवार १३:०६

काठमाडौं-

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित काँग्रेस निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाई नभएको बताउनु भयो ।

उहाँले सरकारले निर्माण व्यवसायीको समस्या सम्बोधनका लागि पहल नगरेको गुनासो गर्नुभयो । उहाँले व्यवसायीहरुसँग छलफलै नगरी सरकारले संशोधित नियमावली ल्याउन लागेकाले निर्माण व्यवसायीहरुको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताउनु भयो ।

उहाँले सरकारले व्यवसायीहरुको साझा धारणा पहिल्याएर नियमावली संशोधन नगर्दा पटक पटक संशोधन गर्नुपर्ने अवस्था आएको आरोप लगाउनु भयो । अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताउनु भयो । उहाँले केही उद्योगहरुले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस