२०८३ श्रावण २१ गते, बिहीबार ०८:१६

भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र-वा ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उहाँले सोमवार यस्तो घोषणा गर्नुभयो ।

‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने, उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ ।’ ट्रम्पले भन्नुभयो ।

‘भेनेजुएलाबाट तेल र-वा ग्यास खरिद गर्ने कुनैपनि देशले हाम्रो देशसँग गर्ने कुनैपनि व्यापारमा संयुक्त राज्य अमेरिकालाई २५ प्रतिशतको कर तिर्न बाध्य हुनेछ ।’ ट्रम्पले भन्नुभयो ।

सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने र कर अप्रिल २, २०२५ मा लागू हुने बताउनु भयो ।
ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाउनु भयो ।

ट्रम्प प्रशासनले हालै २०० भन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानून १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस