पर्सा –
पर्साको वीरगन्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले चौरसियालाई घर नजिकैबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले सिधाकुरालाई बताए । उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।