२०८२ असार १८ गते, बुधबार १०:३१

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा रु ३३ करोड ५६ लाख ८७ हजार ७७८ राजस्व सङ्कलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ ले बढी हो।

महानगरपालिकाको राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको करिब ४० प्रतिशत राजस्व सङ्कलन भएको छ। उनका अनुसार सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु १ करोड ६८ लाख सङ्कलन भएको छ।

यो वृद्धिले महानगरको राजस्व सङ्कलनमा सुधार भएको सङ्केत गरेको छ। बाँकी चार महिनामा लक्ष्य भेटाउन महानगरले थप प्रयास गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस