वीरगन्ज-
ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका सभापतिका उम्मेदवार पवन यादव ,श्यामगुप्ता समेतले दायर गरेको मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आदेस जारी गरेको गरेको छ। अदालतले विपक्षी ठाकुरराम बहुमुखी क्याम्पस कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

पवन यादव , श्याम गुप्तासमेतले क्याम्पस प्रशासनले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै अदालतमा प्रतिषेध परमादेशको मुद्दा दायर गरेका थिए। न्यायाधीश हरिप्रसाद जोशीको इजलासले दुवै पक्षलाई छलफलका लागि चैत्र १४ गते बोलाएको छ।
अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने बारेमा दुवै पक्षको बहस सुनेर निर्णय गर्ने जनाएको छ। अनेरास्ववियुले क्याम्पस प्रशासनले एकलौटी ढंगले निर्वाचन गर्न खोजेको आरोप लगाएको छ।
यस घटनाले वीरगन्जको शैक्षिक क्षेत्रमा तरंग पैदा गरेको छ ।