२०८२ असार १८ गते, बुधबार ००:५७

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताउनु भयो । उहाँले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गर्नुभयो ।

उहाँले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्नेकुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गर्नुभयो । तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताउनु भयो ।

आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताउनु भयो । उहाँले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउनु भयो । अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गर्नुभयो । जनताका सुभmाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताउनु भयो । सबैको रचनात्मक भुमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताउनु भयो । आफूले आलोचनालाई स्वागत गर्ने पनि बताउनु भयो ।

समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गर्नुभयो । शान्ति प्रक्रिया सफल बनाउन पनि आह्वान गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम शुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताउनु भयो । न्याय र परिपूरण दिनेकुरामा लाग्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ रु भन्दै प्रश्न गर्नुभयो । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस