वीरगन्ज –
रौतहटको माधव नारायण नगरपालिका-३ मा रहेको गजेन्द्र नारायण स्मृति अस्पतालमा डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन्। रौतहट प्रहरीका अनुसार मृतक छात्राको नाम सुमन कुमारी बैठा हो र उनी बाराको विश्रामपुर गाउँपालिका-५ की बासिन्दा थिइन्।
प्रहरीका अनुसार उनी छात्रावासको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको बताएका छन्।