२०८२ असार १७ गते, मंगलवार ०७:२२

काठमान्डौँ- 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरु राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मााजनक विदाई गर्नुपर्ने ठाउँमा उपमानजनक रुपले निस्काषन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताउनु भयो । उहाँले उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामि दिनमा समेत सरकारले स्वार्थअनुकुल कर्मचारीहरु हटाउने र राख्ने कार्य गर्ने उहाँको भनाइ छ । उहाँले कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो कुरा त सरकारले जे निर्णय गर्यो त्यो गलत ग¥यो । कति मानिसहरुले सरकारले आफ्नो कर्मचारीलाई निकाल्न पनि सक्छ, राख्न पनि सक्छ यो सामान्य प्रक्रिया हो भनेर व्याख्या गरिरहेका छन् । तर एउटा कुशल प्रशासकको रुपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतित गर्न बाँकी थियो ।

अध्यक्ष लिङदेनले प्रतिपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद चल्न नदिने अडान कायमै रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सदनमा जवाफ दिनुको सट्टा संसद बाहिर प्रतिपक्षी दलहरुलाई अपमानित गर्नेगरी दिएको जवाफ खेदजनक रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस