२०८२ असार १८ गते, बुधबार ०९:४३

काठमाडौँ-

अष्ट्रेलियाली श्रम सरकारले आगामी चुनाव अगाडि संघीय बजेट सार्वजनिक गरेको छ । जुन लागत–जीवन राहत र आर्थिक वृद्धिमा केन्द्रित रहेको छ।  संसदमा आफ्नो बजेट भाषणमा  कोषाध्यक्ष जिम चाल्मर्सले २०२५–२६ को बजेटका पाँच प्रमुख प्राथमिकताहरू उल्लेख गर्नुभयो ।

जीवनयापनको लागत दबाब कम गर्ने, मेडिकेयरलाई सुदृढ पार्ने, आवास बिस्तार गर्ने, शिक्षामा लगानी गर्ने र आर्थिक लचिलोपन बढाउने लगायतका विषयहरु बजेटमा जोड दिइएको छ । चाल्मर्सले अष्ट्रेलियालीहरूलाई सहयोग गर्ने सरकारको प्रतिवद्धतामा जोड दिनुभयो ।

२०२६–२७ सम्म सबै करदाताहरूका लागि नयाँ कर कटौती, २०२५ को अन्त्यसम्म थप ऊर्जा बिल राहत र विद्यार्थी ऋण र औषधि लागतमा थप कटौती गर्ने लगायतका विषयहरु समावेश छन्  । निजी क्षेत्रको मागमा आएको सुधारले अष्ट्रेलियाको अर्थतन्त्र यस वर्ष १.५ प्रतिशतबाट बढेर २०२६–२७ सम्ममा २.५ प्रतिशतमा पुग्ने बताउनु भयो ।

ट्रेजरीले ४.२५ प्रतिशतमा शिखर बेरोजगारी घटाउने, बलियो रोजगारी र ज्याला वृद्धि हुने र अपेक्षाभन्दा छिटो मुद्रास्फीति कम हुने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस