काठमाडौँ-
अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा अमेरिकी दुतावास पुनः खोल्ने र वाशिंगटनमा अफगान दुतावासको नियन्त्रण हस्तान्तरण गर्ने लगायत धेरै मुद्दाहरूमा अमेरिकी प्रतिनिधिमण्डलसँग छलफल भएको बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकामा अफगान दुतावास हस्तान्तरण गर्ने वार्ता जारी रहेको बताउनु भयो । प्रतिनिधिमण्डल धेरै मुद्दाहरू लिएर संयुक्त राज्य अमेरिका फर्किएको बताइएको छ । मुजाहिदले अन्तरिम सरकारले संयुक्त राज्य अमेरिकासँगको युद्ध समाप्त गरेको छ ।

अमेरिकासँग सकारात्मक सम्बन्ध स्थापित गर्न प्रतिवद्ध रहेको बताउनु भयो । अगस्ट २०२१ मा अन्तरिम सरकारले सत्ता सम्हालेदेखि पहिलो पटक अमेरिकी प्रतिनिधिमण्डलले गत हप्ता काबुलको भ्रमण गरेको थियो । प्रतिनिधिमण्डलले सरकारका कार्यवाहक विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीसँग द्विपक्षीय सम्बन्ध र कैदी आदानप्रदानको बारेमा छलफल गरेको थियो ।