२०८२ असार १७ गते, मंगलवार ०७:३२

काठमाडौं–

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । 

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउनु भयो । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उहाँले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताउनु भयो ।

उहाँले शाह वंशले देशलाई बर्बाद बनाएको बताउनु भयो । उहाँले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गर्नुभयो । उहाँले देश इतिहासको पछाडी फर्किन नसक्ने दाबी गर्नुभयो ।अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताउनु भयो ।

उहाँले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताउनु भयो । उहाँले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताउनु भयो । उहाँले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गर्नुभयो । उहाँले सत्ता सञ्चालन गर्नेहरु यथास्थितिमा रुमल्लिएको आरोप लगाउनु भयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस