२०८२ असार २१ गते, शनिबार ०४:५३

पर्सा –

मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले एभी न्यूजका क्यामरा पर्सन सुरेश रजकको हत्यामा संलग्न सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन नेपाल सरकारसँग माग गर्नुभएको छ। उहाँले काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको सञ्चारकर्मी रजकको नृशंस हत्याले नेपाललाई नै कलंकित बनाएको बताउँदै रजकको हत्यामा संलग्न दोषीलाई छानबिन गरी कानुनको कठघरामा उभ्याउन नेपाल सरकारलाई अपिल गर्नुभयो।

प्रेस मञ्च नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री गद्दीले शान्तिपूर्ण आन्दोलनको आडमा सञ्चारकर्मीको हत्या, सञ्चारगृहमाथि आक्रमण र व्यक्तिको सम्पत्ति लुट्नेहरूलाई कारबाहीको दायरामा नल्याए मुलुकमा अराजकताले प्रश्रय पाउने भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारलाई अपिल गर्नुभयो।

उहाँले सात दशकको सङ्घर्ष र हजारौं नेपालीको बलिदानीबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न सडकमा उत्रिएका प्रतिगामी तत्वहरूलाई निस्तेज पार्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै भएकाले प्रतिगामी तत्वहरूलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्तिबीच एकता आजको आवश्यकता भएको गद्दीको भनाइ रहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस