२०८२ असार १७ गते, मंगलवार १७:५२

वीरगन्ज  –

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १९ ज्यामिरेमा आज बिहान ट्याक्टर दुर्घटनामा परेर १९ वर्षीय युवकको मृत्यु भएको छ। मृतक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ४ हरपुर निवासी सद्दाम हुसेन हुन्।

दुर्घटना शनिबार बिहान ज्यामिरे खोलाबाट बालुवा लिएर हेल्थपोष्टतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर घट्न पुगेको हो। प्रहरी प्रतिवेदन अनुसार, बा.प्र. २(०३)००१ त ४३७१ नं.को ट्याक्टरको अगाडिको इन्जिन भाग उठी अचानक दुर्घटना भएको थियो। घटनाको समयमा ट्याक्टरले च्यापिएर चालक हुसेनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

युवकको मृत्युले परिवारमा शोक छाएको छ भने स्थानीयस्तरमा सडक सुरक्षा सम्बन्धी चिन्ता बढेको छ। प्रहरीले दुर्घटनाको कारण तथा अन्य विवरण थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस