२०८२ असार १७ गते, मंगलवार ०१:१५

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। केशरजंग बरालले किन राजीनामा दिनुभएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको हो । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताउनु भयो ।

उहाँले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो ।

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस