२०८२ असार १७ गते, मंगलवार १५:१५

वीरगन्ज-

नेपाल विद्यार्थी सङ्घले ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज इकाईको अध्यक्ष पदको जिम्मेवारी करण पाण्डेलाई प्रदान गरेको छ।

सङ्घले जारी गरेको पत्रमा ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष पद रिक्त भएकोले नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को सातौं संशोधन २०७५ बामोजिम  साङ्गठनिक अधिवेशन सम्पन्न गरी करण पाण्डेलाई सो पदको जिम्मेवारी दिइएको उल्लेख छ।

पत्रमा नेपाल विद्यार्थी सङ्घको विधि विधान र मर्यादा भित्र रहेर सङ्घलाई गतिशिल बनाउन पाण्डेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, पाण्डेको कार्यकालको सफलताको लागि शुभकामना दिइएको छ।

यस नियुक्तिले ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस