२०८२ असार १७ गते, मंगलवार १२:३३

काठमाडौं-

समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरुले गरेको आन्दोलन जंगली चरित्रको भएको निस्कर्ष निकालेको छ ।

सोमवार नेकपा  (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निस्कर्ष निकालेको हो । बैठकले १५ गतेकै सामजवादी मोर्चाको कार्यक्रम भने शालिन र सशक्त भएको दाबी गरेको छ ।

साथै समाजवादी मोर्चाको उक्त कार्यक्रमले नै गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनु भयो । उहाँले राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भएको बताउनु भयो ।

समाजवादी मोर्चाले घटनामा संलग्न भएका र डिजाइनकर्ताहरुलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएका क्षतिपूर्ति सरकारले योजनाकारसँग असुल गरेर तिराउनुपर्ने निर्णय गरेको छ । राजावादीहरुको क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुपर्ने माग गरेको छ ।

जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ । नेपालका युवालाई संगठित रुपमा अघि बढाएर रक्षकको रुपमा अघि सार्नुपर्ने निर्णय भएको बताउनु भयो ।

समाजवादी मोर्चाले देशको अहिलेको स्थितिमा विदेशीहरुले पनि कतै न कतै सहयोग गरेको देखिएको निस्कर्ष निकालेको छ । गणतन्त्रवादी राजनीतिक दलहरुको आईतवारको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्छ, षड्यन्त्रको भण्डाफोर गरेर कारबाही गर्नुपर्छ भन्ने विचार आएको भएपनि सरकारको विचार भने घटनाको बारेमा कम आँकलन भएको जिकिर समाजवादी मोर्चाको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस