काठमाडौं-
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ? भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनु भयो । उहाँले नेपालको सीमाना कहाँ थियो आज कहाँ छ ? भन्दै प्रश्न गर्नुभयो ।