२०८२ पुष २७ गते, आईतवार १४:०५

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास, मुख्यमन्त्री सिंहद्वारा समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता

जनकपुरधाम –

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको आज शिलान्यास गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणिमण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सिंहले भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँमा ठेक्का आह्वान भइसकेको जानकारी दिए। उनले निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य शिक्षाको विकासमा यो भवन कोसेढुंगा साबित हुने बताए।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले एकेडेमिक भवनसहित कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताए। उनले भवन निर्माणपछि प्रतिष्ठानको शैक्षिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठीको जग्गामा कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण सुरु गरिएको स्पष्ट पारे। उनले सामाजिक कार्यका लागि निर्माण भइरहेको यो भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।

यो भवन निर्माणले मधेस प्रदेशमा स्वास्थ्य शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यो परियोजनालाई स्वागत गरेका छन्।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस