२०८२ पुष २७ गते, आईतवार १४:०७

सखुवा प्रसौनीमा नालाको शिलान्यास, मन्त्री जयसवालद्वारा निर्माण कार्य अगाडि बढाउन आदेश

पर्सा-

मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५, टोल महुवनमा नालाको शिलान्यास गरेका छन्। शिलान्याससँगै मन्त्री जयसवालले आजदेखि नै निर्माण कार्य अगाडि बढाउन सम्बन्धित पक्षलाई आदेश दिएका छन्।

शिलान्यास कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्वमेयर प्रदिप जयसवाल र सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष रूपलाल यादवको उपस्थिति रहेको थियो। यो नाला निर्माणले स्थानीय क्षेत्रमा पानीको उचित निकास हुने र बर्खायाममा हुने डुबानको समस्याबाट राहत मिल्ने अपेक्षा गरिएको छ। मन्त्री जयसवालले नाला निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने र गाउँको समग्र विकासमा योगदान पुग्ने बताए।

यसैबीच, एक महिनाको कठोर व्रत बस्ने पवित्र रमजान महिनाको बिदाइसँगै इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको सुखद अवसरमा मन्त्री जयसवाल र पूर्वमेयर प्रदिप जयसवालले आफ्नै निर्वाचन क्षेत्रका विभिन्न ठाउँ र टोल-टोलमा पुगेर शुभकामना आदानप्रदान गरेका छन्। “इद मुबारक!” भन्दै उनीहरूले स्थानीय मुस्लिम समुदायसँग खुशीयाली साटासाट गरे।

स्थानीयवासीले नाला निर्माण परियोजनालाई स्वागत गर्दै समयमै काम सम्पन्न होस् भन्ने आशा व्यक्त गरेका छन् भने इदको अवसरमा मन्त्री र पूर्वमेयरबाट प्राप्त शुभकामनाले समुदायमा थप उत्साह थपिएको छ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस