२०८२ असार १७ गते, मंगलवार ०१:०३

काठमाडौं –

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगोमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक चिकित्सकले रजकको मृत्यु आगोमा जलेर भएको पुष्टि गरेका छन्।

फोरेन्सिक चिकित्सकका अनुसार, रजकको शरीरमा गोली लागेको कुनै प्रमाण फेला परेन। पोस्टमार्टम रिपोर्टले उनको श्वासप्रश्वास नलीमा धुवाँको मुस्लो गएको र उनी जीवित अवस्थामै आगोमा परेको देखाएको छ। यो निष्कर्षले उनको मृत्यु जलेरै भएको पुष्टि गरेको छ।

रजकको शवको एक्स–रे रिपोर्ट प्राप्त भएपछि पोस्टमार्टम गरिएको थियो। हाल शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएको यो घटनाले व्यापक चर्चा पाएको थियो। पोस्टमार्टम रिपोर्टले घटनाको कारण स्पष्ट भएसँगै प्रहरीले थप अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस