२०८२ असार १७ गते, मंगलवार ११:०८

काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले बिहीवार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गर्नुभयो ।

निष्पक्ष छानिवनका लागि पनि न्यायिक आयोग गठन गर्न माग गर्नुभयो । भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्र्नुपर्ने उहाँको जोड छ । घटनाको स्वतन्त्र छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा दमनको नेतृत्व गर्ने प्रहरी कमाण्डर तथा प्रशासनिक कर्मचारीलाई निलम्वन गर्नुपर्ने समेत उहाँको माग छ ।

उहाँले मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल समशेर जबरा लगायतका नेताहरुमाथि लगाइएका झुटा मुद्दाहरुको खारेज गर्दै यथाशिघ्र रिहाई गर्न समेत कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउनु भयो ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनमा भएका अराजक गतिविधिहरुबारे सरकारले गहिरोसँग अध्ययन गरिरहेको बताउनु भयो । उहाँले उल्लेखित मागहरु सम्बोधन गर्न आवश्यक छलफल गर्ने बताउनु भयो ।

सरकारले शान्तीपूर्ण आन्दोलनमा दमन गर्न खोजेको कारण तीनकुने घटनाको मुख्य जिम्मेवार सरकार स्वयं रहेको राप्रपाको आरोप छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस