२०८२ असार १७ गते, मंगलवार ००:५०

काठमाडौं-

कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।

बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताउनु भयो । संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताउनु भयो ।

उहाँले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिनुभयो । उहाँले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताउनु भयो । राजनीतिक दल तथा जनप्रतिनिधिहरुमा भएका कमीकमजोरी सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ । भूकम्प, बाढी पहिरो, कोभिड जस्ता प्राकृतिक संकटमा सरकारले सीमित स्रोतसाधानका बाबजुत सर्वसाधारको आवास निर्माण तथा क्षतिपूर्तिका राम्रो व्यवस्था गरेको दाबी गर्नुभयो ।

उहाँले तीनकुने घटनाबारेमा सरकारले निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गर्नुभयो ।

मन्त्री चौरसियाले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालिन सरकारका नेतृत्वकर्ता तथा दलहरुले ढुङ्गामुडा खाएर ज्ञानेन्द्र शाहलाई राजा बनाएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस