२०८२ पुष २८ गते, सोमबार ०९:२१

सात मधेसवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

काठमाडौं-

सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् । मोर्चामा तराई-मधेसकेन्द्रित सात राजनीतिक दलहरु आवद्ध छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा घोषणा गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न-गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिवद्धताहरू रहेका छन् ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस