२०८२ असार १७ गते, मंगलवार १२:२५

काठमाडाैँ- 

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जुनसुकै पार्टीको सरकार भएपनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताउनु भयो । उपप्रधानमन्त्री सिंहले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भुमिका अत्यन्त महत्वपूण रहेको समेत बताउनु भयो ।

गणेशमान सिंह र भारतीय चन्द्रशेखरबीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध सुदृढ हुन पुगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस