२०८३ श्रावण २० गते, बुधबार २१:५९

राप्रपाको चेतावनी : बल्खु आमसभामा घुसपैठ भए प्रतिकार गर्छौं

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा आयोजना हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ। सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आमसभालाई शान्तिपूर्ण बनाउन हजारौं स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै त्यसलाई रोक्न व्यापक तयारी गरिएको बताए। उनले भने, “हाम्रो आमसभालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन हजारौं स्वयंसेवक खटाउँदैछौं। मंगलबार बिहान ९ बजेदेखि नै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा रहनेछ। राज्यपक्ष वा कुनै पनि तत्वबाट घुसपैठ गरी हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाही हुने व्यवस्था मिलाएका छौं।”

राप्रपाले आमसभालाई लक्षित गरी कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा निगरानी राख्ने जनाएको छ। अध्यक्ष लिङ्देनले शान्तिपूर्ण कार्यक्रममा बाधा पुर्‍याउने जोसुकैलाई पनि प्रतिकार गर्ने चेतावनी दिएका छन्। बल्खुमा हुने उक्त आमसभामा पार्टीका नेता-कार्यकर्ता र समर्थकको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस