२०८२ असार १७ गते, मंगलवार १३:१३

जनकपुरधाम –

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशको तुलनामा नेपालको ऋण कम रहेको दाबी गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्ने क्रममा उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेको उल्लेख गर्दै नेपालको ऋण अनुपातलाई कम भएको बताए।

“विश्वमा सबैभन्दा बढी ऋण अनुपातमा जापानको धेरै छ। ऋणको अनुपात हेर्ने हो भने छिमेकी देशको भन्दा नेपालको कम ऋण छ। राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ। राष्ट्रिय आयको ५० प्रतिशत ऋणलाई त्यति ठूलो मानिँदैन,” ओलीले भने।

प्र धानमन्त्री ओलीले यो भनाइमार्फत नेपालको आर्थिक अवस्थालाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन्। उनको यो अभिव्यक्तिले ऋणको विषयमा उठ्ने चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस