२०८२ असार १७ गते, मंगलवार ११:४३

काठमाडौं-

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले अमेरिकाले बढाएको विश्वव्यापी करको असर नेपालमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विदेशी विनिमय दर भारतीय रुपैयाँसँग निश्चित र स्थिर रहेकाले भारतमा पर्ने विदेशी अर्थतन्त्रको असर नेपालको अर्थतन्त्रमा पनि निश्चित रुपमा पर्ने बताउनु भयो । उहाँले नेपाल उज्यालो युगमा प्रवेश गरेपनि जलविद्युत उत्पादनमा नीतिगत समस्याले अवरोध गरेको बताउनु भयो ।

उहाँले सरकारले ५० भन्दा बढी जलविद्युत आयोजनाको प्राथमिक शेयर (आइपिओ) निष्कासन प्रक्रिया रोक्का गरेकाले आयोजना निर्माणमा गम्भीर चुनौती सिर्जना भएको बताउनु भयो । उहाँले आइपिओ निष्कासन हुन नसक्दा वित्तीय अवरोध सिर्जना भएकाले ऊर्जा विधेयकमा भएका कतिपय प्रावधान संसदबाट कानून बनाएर संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रसारण लाइनका लागि अनुमति लिएर काम शुरु गरेपनि पछिल्लो पटक आएको अदालतको फैसला र सम्बन्धित निकायले वन क्षेत्रमा अवरोध गर्दा लगानीकर्ताको करोडौं लगानी जोखिममा परेको बताउनु भयो ।

अध्यक्ष अग्रवालले पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा मानेर गतिविधि सञ्चालन गर्न ढिला भइसकेको बताउनु भयो । उहाँले रामायण पथ तथा बुद्ध सर्किटको अवधारणा कार्यान्वयन गरी चीन र भारतबाट धार्मिक पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस