२०८२ भाद्र १ गते, आईतवार ०४:१३

काठमाडौँ –

हङकङमा जारी चार देशीय टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको बलियो लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो।

कुवेतका ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३० बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, मिट भवसरले २८ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाएर टिमको स्कोर बलियो बनाए।

नेपालका लागि बलिङमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारे। नन्दन यादवले २ विकेट लिँदा ललित राजवंशी र कुशल भूर्तेलले समान १-१ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो।

अब नेपालले यो लक्ष्य पछ्याउन बलियो ब्याटिङ प्रदर्शन गर्नुपर्ने चुनौती छ। खेलको नतिजाले सिरिजमा नेपालको स्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस