२०८३ बैशाख १ गते, मंगलवार १७:५२

 मकवानपुरमा बस दुर्घटना अपडेट : २३ जना घाइते, ४ जनाको अवस्था गम्भीर, चालक फरार

हेटौँडा –

मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानी बजार नजिकै धरान–चतरा सडक खण्डमा गएराति ९:३० बजे यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बसमा भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाका कर्मचारी र अगुवा कृषकहरू सिन्धुली भ्रमणबाट फर्किंदै थिए।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, बसमा चालकसहित ३१ जना सवार थिए, जसमध्ये २३ जना घाइते भएका हुन्। घाइतेमध्ये भीमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यु, भीमफेदी–५ ज्यामिरेकी ५५ वर्षीया रिता कुमारी मगर, कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा र भीमफेदी–५ की ५५ वर्षीया सानी आलेको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि गएराति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ।

दुर्घटनामा भीमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय कासीराम बज्यु पनि घाइते भएका छन्, उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा चितवन राप्ति–२ का पशु प्राविधिक डा. सरोज ओझा (२९), उनकी श्रीमती रेश्मा सुवेदी (२७), भीमफेदी–२ का दिलिप राज बुलन (४५), यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ का नारायण प्रसाद शर्मा (४२), हेटौँडा–११ का उज्वल राना मगर (२९), सुदिप पराजुली (३२), सुयास पाख्रिन (२७), शुभाष रुम्बा (२७), भीमफेदी–५ का हितचन्द्र मोक्तान (५२), अनिल स्याङबो (२५), हेटौँडा–१८ का रुबिन घर्ति, भीमफेदीका बुद्विसिंह दोङ (५३), सिता थिङ (३९), सुर्य माया घलान, करणध्वज पाख्रिन, हेटौँडा–१८ का बिमल ढुंगाना (२९), भीमफेदी–४ का कृष्णहरी गाहामगर (४०), सुजन प्रजा (३८), मान बहादुर लामा (४३), भीमफेदी–१ का राजेन्द्र कुमार स्याङतान (४२), कृषि प्राविधिक सानुकान्छा घिसिङ (२९), पशु प्राविधिक पुष्पलाल बज्यु र भीमफेदी–३ का अर्जुन तामाङ (४८) रहेका छन्। बसका सहचालक उदयपुर रौतामाई–५ का ३२ वर्षीय सतिह दाहाल पनि घाइते भएका छन्।

प्रहरीका अनुसार, बसका चालक भने घटनापछि फरार छन्। घाइतेहरूको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि रातिको समय र सडकको घुम्तीले जोखिम बढाएको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस