२०८२ असार १७ गते, मंगलवार ००:४३

काठमाडौं-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले यस्तो टिप्पणी गर्नुभएको हो । शााहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको उहाँको भनाइ छ । नेपाली काँग्रेसले लामो संघर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उहाँको जिकिर छ । उहाँले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाउनुभएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाउनु भयो ।

जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेकाले समेत उहाँको दाबी छ । फरक प्रसंगमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गर्नुभयो । २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उहाँको दाबी छ । उहाँले पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान गर्नुभयो ।

महामन्त्री थापाले सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गर्नुभयो । संयन्त्रले रिकारले गर्ने काममा टेवा पु¥याउन आवश्यक सुझाव दिने गरेको भएपनि उपलब्धीमुलक काम हुन नसकेको बताउनु भयो । उहाँले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताउनु भयो ।

उहाँले एमाले–काँग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धी दिन नसकेको कारण आफू सधैं प्रश्न गरिरहेको समेत जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस