२०८२ असार १७ गते, मंगलवार १२:०३

काठमाडौं- 

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीवार समेत दफावार छलफल भएको छ ।

राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको छ । बिहीवारको बैठकमा सांसदहरुले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्वे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखे । विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ ।

पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबीच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनु भयो ।

उहाँले कुनैपनि मुलुकबाट समून्द्रसम्म यात्रु ओसारपोसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस