२०८२ असार १७ गते, मंगलवार १३:०४

काठमाडौं-

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताउनु भयो ।

विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ । नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताउनु भयो ।

नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने बताउनु भयो । अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस